दोस्रो दिन पनि “महाजात्रा” लाई दर्शकको साथ। कति भयो २ दिनको कलेक्सन

“महाजात्रा” ले पहिलो दिन १ करोड २३ लाखको ग्रस कलेक्शन गरेको थियो । दोस्रो दिन फिल्मको व्यापारमा ६० लाख बढीको कमाई भएको छ । दोस्रो  दिन फिल्मले १ करोड ८३ लाखको ग्रस कलेक्शन गरेको निर्माण पक्ष जानकारी दिएको छ।

आज होली बिदा भएकाले  फिल्मले २ बजेपछि फिल्मले सुखद कमाई गर्ने अपेक्षा गरिएको छ । आज होलीका कारण अधिकांश हलमा २ बजेपछि मात्र शोज राखिएको छ । जसकाकारण, आज फिल्मको व्यापार केही घट्न सक्छ । 

प्रदीप भट्टराई निर्देशित फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्र झा, रविन्द्र सिंह बानियाँ, वर्षा राउत, राजाराम पौडेल, दिव्य देव लगायतका कलाकारको अभिनय छ।

सेयर गर्नुहोस्