बलीवुड निर्देशक अनुराग कश्यपले सामाजिक सञ्जाल इन्स्टाग्राममा सेयर गरेको पोस्टमा, ‘नयाँ आउने धेरैलाई कलाकार/फिल्म मेकरहरुलाई मैले मद्दत गरेको छु । यतिबेला म थकित छु । आफूलाई महान् व्यक्ति भन्ने कसैलाई पनि भेटेर समय खेर फाल्ने छैन । अब पैसा लिन्छु । कसैले मलाई भेट्न चाहन्छ भने १०-१५ मिनेटको एक लाख रुपैयाँ लिन्छु ।’ भनेर पोस्ट गरेका छन्।
आधा घण्टाका लागि दुई लाख रुपैयाँ लिने । यदि कसैले मलाई एक घण्टा भेट्न चाहन्छ भने पाँच लाख रुपैयाँ तिर्नु पर्ने ।
मान्छेलाई भेट्दा समय बर्बाद गरेकोमा म थकित छु । यदि तपाईंले खर्च गर्न सक्नुहुन्न भने मलाई कल गर्नुस् नत्र भाँडमा जानुहोस् । सबै पैसा अग्रिम तिर्नुपर्छ ।’