‘रुखान’मा आर्यन अधिकारीले नीति सँग जोडी बाँध्ने पक्का भएको छ । सविर श्रेष्ठले निर्देशन गर्न लागेको फिल्ममा निर्माणपक्षले आर्यनलाई भित्राएको हो।
निर्देशले कथामा सुहाउने भएपछि आर्यनलाई भित्राइएको जानकारी दिए। आर्यनले केही बर्षदेखि फिल्ममा काम गरिरहेका थिएनन्। फिल्मलाई ४ वटा भाषामा निर्माण गर्ने तयारीमा निर्माणपक्ष छ । फिल्मलाई नेपाली, हिन्दी, अंग्रेजी, भोजपुरी भाषामा निर्माण गरिने निर्माणपक्षको भनाई छ।