विश्वकै चर्चित “बर्लिन फिल्म फेस्टिवल” मा ‘शाम्बला’ सँगै ‘सङस् अफ लभ एन्ड हेट’ ले बलियो उपस्थित देखाएको छ। प्रमुख प्रतिस्पर्धामा छनोट भएको ‘शाम्बला’ ले बटुलेको प्रशंसाको दाँजोमा सर्ट फिल्मको चर्चा भने न्यून रहेको पाइयो।
सौरभ घिमिरे निर्देशित फिल्मले बर्लिनको ‘जेनेरेसन फोर्टिन प्लस’ तर्फ ‘स्पेसल जुरी मेन्सन’ अवार्ड जितेको छ। घिमिरेको निर्देशन र मिङ्सो लिम्बूद्वारा निर्मित फिल्मले ‘सर्ट फिल्म’ प्रति युवा फिल्मकर्मीको सक्रियता र सफलतामा सहयोग हुने बताएका छन्।
यो वर्ष मात्रै निरञ्जन भेटवालको “साक्षि रुख” बुसानमा वर्ल्ड प्रीमियर भएको थियो र रोटरड्याम र क्लिरमोन्ट फेराडमा पनि पुगेको हो। यस्तै हालै “प्रशन्न माली” निर्देशित “अन्त वार्ता” पनि विभिन्न अन्तर्राष्ट्रिय फेस्टिभल हुँदै यही वर्ष फ्रान्सको कान्स मा भएको “वर्ल्ड फिल्म फेस्टभल इन कान्स” मा उत्कृष्ट ब्ल्याक एन्ड ह्वाइट” फिल्म जित्न सफल भएको छ। सर्ट फिल्मका लागि नेपालमा बजार नभएका कारण अन्तराष्ट्रिय बजारमा नेपाली सर्ट फिल्मको छलाङ राम्रो देखिएको छ।
यही वर्ष विदुषी गिरीको “चिसो घर” , सुनिल गुरुङ को “विन्डहर्स र “हेलेना” ले मामी हुँदै सर्ट फिल्मको बिश्व बजारको बाटो रोज्न सफल भएका छन्। नेपालमा व्यावसायीक फिल्मको मात्र बजार सीमित भएर पनि धेरै सर्ट फिल्महरु अन्तराष्ट्रिय फेस्टिभल तिर जाने गर्छन्।