“घर ज्वाइँ “को फर्स्ट लुक सार्वजनिक।

असार २८ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘घर ज्वाइँ’को फस्टलुक सार्वजनिक भएको छ। फिल्मको दुई वटा पोष्टरमा दयाहाङ राई र  मिरुना मगरलाई देख्न सकिन्छ।  रुकुमका विभिन्न स्थानमा छायांकन गरिएको “घर ज्वाइँ” का निर्माता जनक घर्ती मगर हुन्।

फिल्मको  निर्देशन अनिल बुढाले गरेका हुन् । फिल्मको कथा, पटकथा र संवाद लेखनमा अनिललाई विनोद खतिवडा र सुभाष कोइरालाले साथ दिएका छन्।

फिल्म सुशन प्रजापतिले खिचेका छन्। फिल्ममा दहयाङ राई,मीरुना मगर, भोलाराज सापकोटा,बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर वाङ्देल, खड्ग बहादुर पुन, राज थापा ,कविता आले लगायत कलाकारहरुको अभिनय रहेको छ।

सेयर गर्नुहोस्