वर्षौंदेखि सुनिल र कपिललाई एकसाथ हेर्न दर्शकहरु प्रतिक्षा गरिरहेका थिए। नेटफलिक्समा रिलिज शोमा सुनिलको इन्ट्रीलाई दर्शकले तालीले भव्य स्वागत गरे। सुनिल ग्रोभर र कपिल शर्मा अष्ट्रेलिया टुर जाँदा भएको मनमुटाव पछि कपिलको नेटफलिक्स रियालिटी शो “द ग्रेट इंडियन कपिल शो” मा पुनरागमन भएको छ।

शोको पहिलो एपिसोड केही दिन अगाडि सार्बजनिक भइसकेको छ। एपिसोडको सुरुवात बलीवुडका कपूर परिवार रणवीर कपूर, नितु कपूर र रिधिमा कपूर बाट सुरु भएको छ। शोमा रणवीर, नितु र रिधिमाले आफ्नो परिवारका केही रमाइला किस्साहरु पनि शेयर गरेका छन्।
“द ग्रेट इंडियन कपिल शो” मा कपिल शर्मा र सुनिल ग्रोभर सँगै अर्चना पुराण सिंह, कृष्ण अभिषेक, किकु शारदा, राजीव ठाकुर लगायत कलाकारहरुको अभिनय रहेको छ।