‘नो इन्ट्री २’ मा दश हिरोइन संग वरुण धवन, अर्जुन कपुर र दिलजित दोसान्ज।

सलमान खान, अनिल कपुर, फरदिन खान अभिनित “नो इन्ट्री” को नयाँ कलाकार लिएर सिक्वेल बन्ने भएको छ। यसपटक, निर्माता बोनी कपुरले नयाँ कलाकारहरु संग काम गर्ने तयारी गरेका छन्।

 फिल्ममा मेल कलाकारमा वरुण धवन, अर्जुन कपुर र दिलजित दोसान्जको मुख्य भूमिका रहनेछ। फिल्ममा १० जना हेरोइन हरु पनि रहेने पक्का भएको छ तर नाम भने अझै सार्बजनिक गरिएको छैन। “नो इन्ट्री २” पहिलेको पार्ट भन्दा पनि कमेडी हुनेमा निर्माता “बोनी कपूर” ढुक्क रहेको बताएका छन्।

“बोनी कपूर”को निर्माणमा बन्ने फिल्मलाई अनिस बज्मीले निर्देशन गर्दैछन्। फिल्मको शूटिंग डिसेम्बरबाट सुरु गरिने बोनी कपुरको भनाई छ । 

सेयर गर्नुहोस्