चर्चित नेपाली गायक राजेश पायल राईको श्रीमती साङबुङ राई संग कानुनी रुपमा डिभोर्स भएको छ। चैत १५ गते काठमाडौं जिल्ला अदालतमा डिभोर्स भएको अदालतका सूचना अधिकारी चन्द्र पन्थीले जानकारी दिएका छन्। गायक राईले डिभोर्सको मुद्दा दायर गरेका थिए।

अदालतले आमा र छोरालाई ५० लाख दिन, नक्सालमा रहेको घर पत्नीलाई दिन र छोराको उमेर १८ वर्ष नपुग्दा सम्म मासिक १५ हजार दिनुपर्ने पनि आदेश दिएको छ। २०७८ को असोज महिनामा राजेश पायल राई र संगबुङ राई बीच विवाह दर्ता भएको थियो।