निर्माताले नयाँ पोष्टर सार्बजनिक गर्दै बुद्ध जयन्तीको अवसरमा जेठ १० गतेलाई प्रदर्शन मिति घोषणा गरेका छन्। निर्माता र वितरकको सल्लाह अनुसार जेठ १० लाई प्रदर्शन मितिको रूपमा तय गरेको निर्माण पक्षले जानकारी दिएका छन्।

आर्यन सिग्देल, पल शाह र प्रदीप खड्का प्रमुख भूमिका रहेको ‘पुकार सार्की’ ले पंचायतकालको सेटिङमा तीन युवा कम्युनिस्ट क्रान्तिकारीले जातीय विभेद विरुद्धको संघर्षको कथा पेश गर्छ। फिल्मलाई ‘दिनेश राउत’ ले निर्देशन गर्दै छन्।