समीर पछि ‘बलिदान’ मा ऋचा शर्मा।

सन्तोष सेनको निर्माण/निर्देशनमा बनिरहेको फ्लिम “बलिदान” मा प्रमुख भूमिकामा विराज भट्टका छोरा ‘समीर भट्ट’ फाइनल भइसकेका छन। केही समय अगाडि फिल्ममा सौगात मल्ल र अर्पण थापा पनि फाइनल भइसकेका छन।

केहीदिन अगाडि अभिनेत्री “ऋचा शर्मा” पनि यो फिल्ममा फाइनल भएकी हुन्। ऋचालाई फिल्मको प्रमुख पात्रमा साइन गरेको निर्माणपक्षले बताएका छैन। उनको भूमिका बारे भने अझै खुलेको छैन।

फिल्मलाई आगामी दसैँमा प्रदर्शन गर्ने तयारी भइरहेको छ। आशुसेन फ्लिमस् प्रा.ली तथा सन्तोष सेनको प्रस्तुति रहेको यो फिल्मको निर्माताको रूपमा पवन ब्राडफोड र सह- निर्माताको रुपमा प्रेम पूरी रहेका छन।

सेयर गर्नुहोस्