‘द रेड सुटकेस’लाई क्यूएफएक्सका कुनै पनि हलमा प्रदर्शन नगर्ने घोषणा फिल्मका निर्माणपक्षले गरेको छ । फिल्मको निर्माण कम्पनी आइसफल प्रोडक्सनले गरेको विज्ञप्तीमा क्यूएफएक्सले देशी तथा विदेशी फिल्मको चापका कारण उचित सो दिन नसकिने इमेल मार्फत जानकारी आएको भन्दै निर्माणपक्षले यस्तो कदम चालेको बताएका छन्।

फिल्मका निर्माताले दिएको विज्ञप्तीमा भनिएको छ – “प्रदर्शनको सँघारमा देशको सबैभन्दा ठूलो सिनेमा चेन क्यूएफएक्सले ‘द रेड सुटकेस’लाई अन्य देशी तथा विदेशी फिल्मको चापका कारण उचित सो दिन नसकिने र अर्को हप्ता रिलिज गरे पुनर्विचार गर्न सकिने” भनेर इमेल मार्फत जानकारी आएको र हामीले यसलाई आपत्तिजनक मान्दै क्यूएफएक्सका कुनै पनि हलमा फिल्म प्रदर्शन गर्न नसकिने घोषणा गरेका छौं। निर्माताले अन्य हलमा भने फिल्म निर्धारित मितिमा नै रिलिज हुने उल्लेख गरेको छ।
फिडेल देवकोटाको निर्देशनमा तयार भएको फिल्ममा सौगात मल्ल, विपिन कार्की, प्रवीण खतिवडा र श्रृष्टी श्रेष्ठको मुख्य भूमिका छ । यो फिल्मको प्रशारण अधिकार एचबिओले खरिद गरिसकेको छ।