सुपरस्टार सलमान खान र एआर मुरुगादासको नयाँ फिल्म आउँदो ईदमा।

सुपरस्टार “सलमान खान”र फिल्ममेकर “एआर मुरुगादास” को आगामी चलचित्र “ सिकन्दर” को टाईटल र प्रदर्शन मिति घाेषणा भएको छ। सलमान खानले आफ्नो सामाजिक सञ्जालमा लेखक छन् “ यो ईदमा बड़े मिया छोटे मिया र मैदान हेरौं, अर्को ईदमा सिकन्दर लाई भेटौं” भनेर पोस्ट गरेका छन्।

ईद आउने बेलामा हिन्दी फिल्म इन्डस्ट्रिमा एउटा मात्र नाम ध्यानमा आउँछ; सलमान खान। यो महिना सलमानका फ्यानहरुका लागि ठूलो उत्सव जस्तै मानिन्छ। तर, यस वर्ष, “सलमान” धेरै चर्चामा छैनन्। पछिल्लो ईद रिलिज “किसिका भाइ किसी की जान” फ्लप भए पनि अझै पनि सलमानका फ्यानहरु ईद रिलिज पर्खिरहेका छन्। त्यसको लागि भने अझै एक् वर्ष कुर्नुपर्ने छ। आउँदो ईद २०२५मा उनी “सिकन्दर” बनेर आउँदै छन्।

सेयर गर्नुहोस्