धरान वरिपरि हिडिरहने “खजुरे ब्रो” पात्रको केही वर्ष अगाडि मृत्यु भइसकेको छ। जीवनको पछिल्लो समय धरानबासीका लागि हास्य पात्र बनेका खजुरे कसरी “खजुरे ब्रो” बन्न पुगे र उनी दुःखान्त मृत्यु सम्म कसरी आइपुगे भन्ने बारे फिल्मको कहानी रहेको बताएका छन्। फिल्मले उनका यिनै रमाइला र दुःखान्त घटनालाई लिएर कथा बनाएको बताएका छन्।

१ मिनेट ३९ सेकेन्ड लामो टिजरमा साथीभाइको सम्बन्ध, रोमान्स अनि संघर्षको को कथा देख्न सकिन्छ। “खजुरे ब्रो” को क्यारेक्टरमा ‘रियर राई’ लाई देख्न सकिन्छ। सँगै फिल्मको मुख्य भूमिकामा ‘महेश त्रिपाठी’ छन् र पूर्वमिस नेपाल इन्टनेसनल ‘नीति शाह’ ले डेब्यू गरेकी छन्।
कलाकार नवीन मानन्धर र निर्देशक सुरज सुनुवारको निर्माण रहेको फिल्म मा बिनिता थापा मगर, मनीस राउत, प्रकाश भुजेल, सुष्मा निरौला, पुष्कर कार्की, प्रेम सुब्बा, सुजाता राई, शन्तिला तामाङ, पवन लिम्बू, दीपचन्द्र राई लगायत कलाकारहरुको अभिनय रहेको छ।
फिल्ममा सुनिल श्रेष्ठ, अनिल मानन्धर र पिकेश मानन्धर सह निर्माता छन्। डायमण्ड उप्रेती कार्यकारी निर्माता रहेका छन्। शिशिर विसंखे को छायांकन र मित्र गुरुङको सम्पादन रहेको छ।