“दिनेश राउत” को निर्देशनमा तयार भएको ‘पुजार सार्की’ को टिजर केही दिन अगाडि रिलिज भएको छ।
१ मिनेट २६ सेकेन्ड लामो टिजरमा आर्यन खुसी हुँदै नाचिरहेका र प्रदीप बाजा बजाउँदै गरेको देख्न सकिन्छ। नाचगान भइरहेको बेला अकस्मात आर्यन र प्रदीप माथि माटाको डल्ला प्रहार भएर भागेको देख्न सकिन्छ। सस्पेन्समा रहेका पल र गाउँलेले उनीहरूलाई लखेटेर कुटपिट गरेको देखिन्छ।
फिल्म २०४६ सालको प्रजातन्त्र पुनर्स्थापनाको पृष्ठभूमिमा बनेको देखिन्छ। २०४६ साल फाल्गुन ७ देखि चैत २६ गते सम्म चलेको जनआन्दोलनले निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य गरेको थियो। टिजरको अन्त्यमा शास्त्र पढे बाहुन भइन्छ? भन्ने प्रश्न गरिएको छ।
फिल्ममा लोकेन्द्र लेखक, सुबास गजुरेल, मोहन निरौला, विद्या कार्की, शंकर आचार्य, प्रेम सुब्बा, परीक्षा लिम्बू, अञ्जना बराइली, गोविन्द रमण पराजुली, राजेश बिसुरालको अभिनय रहेको छ। फिल्ममा विकास सुवेदीको लेखन रहेको छ भने सुवाष भुसालको निर्माण र भुसालकै संगीत रहेको छ। फिल्मको सम्पादक भरत रेग्मी हुन् र राजेश श्रेष्ठले छायांकन गरेका छन्।