“सलमान खान”को ग्यालेक्सी अपार्टमेन्ट बाहिर गोली प्रहार।

बलिउड स्टार अभिनेता “सलमान खान”को घर बाहिर गन फायरिङ भएको छ। भारतीय मिडियाका अनुसार बान्द्रा स्थित ग्यालेक्सी अपार्टमेन्ट अगाडि बिहान ५ बजे दुई बाइकमा सवार व्यक्तिले चार राउण्ड गोली फायर गरेका थिए ।घटनापछि घरको सुरक्षा बढाइएको छ।

salman-khan-firing-incident

घटनाको खबर पाएपछि मुम्बई पुलिस, अपराध शाखा र फोरेन्सिक विषेशज्ञ टोली पुगेका थिए। प्रहरीले शंकास्पदहरु संग सोधपुछ गरिरहेका छन्। फोरेन्सिकले बाल्कोनीमा गोलीको निशान फेला पारेको र अहिले सम्म दुईवटा गोलीको निशान भेटिएको बताएका छन्। २०२३ मार्च मा लरेन्स विस्नोईबाट धम्की  आएपछि सलमानको सुरक्षा बढाइएको थियो। 

सेयर गर्नुहोस्