अनमोलको “फर्की फर्की” को ट्रेलर सार्वजनिक

अनमोल केसी र जसिता गुरुङ अभिनीत फेन्टासी ड्रामा ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक भएको छ। फिल्म जेठ ११ गतेबाट प्रदर्शन हुँदैछ। बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी ट्रेलर सार्वजनिक गरिएको हो। पहिलोपटक अनमोल र जसिताले यो फिल्ममा अनस्क्रिन रोमान्स गरेका छन्।

रोहित अधिकारी र ओम प्रकाश अग्रवालको निर्माणमा तयार भएको फिल्ममा मनोज वली र रामु न्यौपाने सह–निर्माता, मोती कार्की र अनिरुद्र गिरी कार्यकारी निर्माताको रुपमा रहेका छन्।  सुयोग गुरुङको कथा तथा पटकथा रहेको फ्लिममा नरेन्द्र मैनालीको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन, रोमन बज्राचार्य र नरेन लिम्बुको संगीत रहेको छ।

ट्रेलर हेर्नुहोस

सेयर गर्नुहोस्