सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्म “पूर्ण बहादुरको सारंगी” को मोशन पोस्टर सार्बजनिक गर्दै औपचारिक घोषणा गरिएको छ। फिल्मलाई आउदो बर्ष प्रदर्शन गरिनेछ।

मोशन पोस्टरमा बच्चा संगै एक मानिषले सारंगी बोकेको देख्न सकिन्छ। बच्चाले आफ्ना बालाई सोध्छन, “ए बा तिमि मलाई सधै किन काँधमा बोकेर हिड्छौ?” बच्चाको जवाफ फर्काउदै ,” किन भने नि, म भन्दा ठुलो मान्छे होलास मैले भन्दा पर सम्म देख्लास भनेर” भक्कानिन्छ र थप बोल्न सक्दैन।
सरोज पौडेलको लेखन तथा निर्देशन रहेको फिल्ममा बिनोद पौडेल र प्याट्रिक सुबेदीको लगानी रहने छ। महेश दवाडीको पठकथा र संवाद रहेको फिल्ममा हरि श्रेष्ठ र रमेश चौलागाई कार्यकारी निर्माता रहने छन भने प्रशान्त सिवाकोटीको संगीत रहनेछ।