चितवनको सौराहास्थित सडकमा एकसिंगे गैंडा हिंडेको फोटो र भिडियो निकै चर्चामा आएको त हामी सबैलाई थाहा नै छ। यो दृश्यमाथि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समाचार पनि बनाएका थिए।

गैंडा हिँडेको चितवनको दृश्यलाई नेटफिल्क्सले डकुमेन्ट्री ‘आवर लिभिङ वर्ल्ड’ बनाएको छ । केही समयअघि नेटफ्लिक्सको टीम सौराहा पुगेर गैंडा हिंडेको दृश्य, वरपरको बस्ती र आरक्ष क्षेत्रको छायांकन गरेका हुन।
अस्कर अवार्ड विजेता हलिउड अभिनेत्री “केट ब्लान्चेट” को न्यारेसनमा डकुमेन्ट्री तयार भएको छ। यो डकुमेन्ट्री सिरिज अहिले नेटफ्लिक्समा रिलिज भैसकेको छ।