बलिउड अभिनेता ‘शाहरुख खान’ले सुजोय घोषको एक्सन फिल्म ‘किंग’ मा काम गरिरहेका छन्। छोरी सुहाना खानले पनि यही फिल्मबाट ठुलो पर्दामा डेब्यु गर्दै छिन्।
फिल्मलाई शाहरुखले आफ्नो ब्यानर रेड चिलीज इन्टरटेनमेन्ट बाट निर्माण गर्दै छन्। भारतीय मिडिया रिपोर्टका अनुसार शाहरुखले प्रि-प्रोडक्सन चरणमा रहेको यो फिल्ममा २०० करोड रुपैयाँ लगानी गरेका छन्।
![](https://cinesandesh.com/wp-content/uploads/2024/04/image-26-1024x768.jpeg)
स्रोतका अनुसार यो फिल्म सँग आबद्ध फिल्म निर्माता सिद्धार्थ आनन्दले अहिले केही अन्तर्राष्ट्रिय स्टन्ट निर्देशकलाई बोर्डमा ल्याउने प्रयास गरिरहेका छन्।
फिल्मको छायाङ्कन यसै वर्षको मेबाट सुरु हुनेछ। सुहानाले गएको वर्ष नेटफ्लिक्समा रिलिज भएको फिल्म ‘द आर्चिज’ बाट ओटीटी डेब्यू गरेकी थिइन्।