‘डेडपुल एण्ड उल्भरिन’ को नया ट्रेलर सार्वजनिक।

सुपर हिरो फिल्म ‘डेडपुल’ को तेस्रो भाग ‘डेडपुल एण्ड उल्भरिन’ को नया ट्रेलर सार्वजनिक भएको छ। यो फिल्म मार्वल सिनेम्याटिक युनिभर्समा  सेट गरिएको शृंखलाको पहिलो फिल्म हो।  फिल्ममा सुपरहिरो डेडपुल र उल्भारिनबिचको पावरको संघर्ष देख्न सकिन्छ। 

यो फिल्ममा रेयान रेनोल्ड्सले डेडपुल र ह्युज ज्याकम्यानले उल्भरिनको क्यारेक्टर निर्वाह गरेका छन्। 

डेडपुल २’ रिलिज भएको ६ वर्षपछि ‘डेडपुल एण्ड उल्भरिन’ प्रदर्शन हुन लागेको हो । डिज्नी र ट्वेन्टिथ सेन्चुरी फक्स स्टुडियोमर्ज भएपछि ‘डेडपुल’ सिरिज पनि जोडिएको हो।

ट्रेलर हेर्नुहोस

सेयर गर्नुहोस्