नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फिल्म “नमेटिने घाउ”बाट अभिनयमा डेब्यु गरेका छन् । मंगलबार च्यासलस्थित पार्टी मुख्यालयमा फिल्मको छायांकन गरेका हुन। फिल्ममा उनले पूर्वप्रधानमन्त्री भएर अभिनय गरेको निर्माण पक्षले जानकारी दिएका छन्।
एसिड आक्रमण घटनाको पीडितका कथामा बनेको यो फिल्मलाई रमित ढुंगानाले निर्देशन गरिरहेका छन्। ओलीले यसअघि नै फिल्म खेल्ने जानकारी दिइसकेका थिए।
गतसाता अर्का पूर्वप्रधानमन्त्री माधव नेपालको कोटेश्वरमा छायांकन गरिएको थियो । यो सामाजिक कथानक फिल्मको पोखरा, नवलपरासी, वीरगञ्ज, रौतहट, बनेपा, पनौती, र भक्तपुरमा छायांकन भइसकेको छ।
