“बोक्सीको घर” को अग्रिम बुकिङ खुल्ला।

वैशाख १४ गतेबाट रिलिज हुन लागेको फिल्म ‘बोक्सीको घर’को अग्रिम बूकिङ आजबाट खुलेको छ । यो फिल्मप्रति प्रदर्शकहरु आशावादी देखिएको र प्रदर्शकहरुले पनि राम्रो शो दिएका छन्।

बीग मुभिजले  फिल्मलाई ५ शो दिएको छ, कालिमाटीको  वान सिनेमाज्ले पनि फिल्मलाई ५ शो दिएको छ। सुलक्षण भारतीको निर्देशनमा तयार भएको फिल्मलाई केकी अधिकारीले निर्माण गरेकी छन्।

भारतीको निर्देशनमा बनेको यो फिल्ममा केकी अधिकारी, सुफला सापकोटा, स्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, जीवन बराल र सविन बास्तोला लगायतका कलाकारको अभिनय छ।

सेयर गर्नुहोस्