मण्डला थिएटरमा “टिकेट टू हलिउड” मञ्चन भैरहेको छ।

थापागाँउ स्थित मण्डला थिएटरमा  बैशाख ८ गतेदेखि नाटक ‘टिकट टु हलिउड’ मञ्चन भैरहेको छ। सागर खाती कामीको कथा, परिकल्पना र निर्देशनमा तयार पारिएको नाटकमा कलाकार मिलान कार्की र सुदीप खतिवडाले अभिनय गरेका छन्।

बैशाख २३ गतेसम्म मञ्चन हुने नाटक सोमबार बाहेक प्रत्येक दिन साँझ ४ बजे मञ्चन हुनेछ। शुक्रबार, शनिबार र आइतबार भने राती ७:३० बजे अतिरिक्त सो पनि मञ्चन हुने निर्देशक खातीले जानकारी दिएका छन्।

तस्बिर हरु

सेयर गर्नुहोस्