“आँखा” को फस्टलुक पोस्टर सहित प्रदर्शन मिति घोषणा

 लामा सिनेमा प्रा.लिको ब्यानरमा निर्माण भएको फिल्म “आँखा” को प्रदर्शन मिति सहित पोष्टर सार्वजनिक गरिएको छ। असारको १४ गतेबाट सिनेमाहलहरुमा प्रदर्शन हुने निर्माणपक्षले जानकारी दिएका छन्।

पोष्टरमा आँखा’ भित्र कलाकारहरूलाई प्रस्तुत गरिएको छ भने त्यसको बिचमा सूर्यमुखी फूललाई पनि जोडिएको छ। अर्को थिम पोस्टरमा फोहोरको थुप्रोमाथि सूर्यमुखी फुलेको देख्न सकिन्छ।

जौन योञ्जनको निर्देशनमा तयार भएको फिल्ममा निशा अधिकारी, वुद्दि तामाङ, विजय बराल, सरोज खनाल स्मिता लामिछाने, आरके मेहता,  पशुपति राई, कृष्णभक्त महर्जन, राजन खतिवडा, प्रवीण खतिवडा, लुनिभा तुलाधर, रविन्द्र झा, रेनुका कार्की, अभयराज बराल लगायतका कलाकारको अभिनय रहेको छ।

स्मिता लामिछाने निर्माता रहेको फिल्मलाई आलोक शुक्लाले छायांकन, कृष्ण भण्डारी र निर्देशक योन्जनले सम्पादन गरेका छन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *