EFA Admission Open

“जवान” अभिनेता सांगेले साइन गरे नेपाली फिल्म “ऐरी”।

भुटानका चर्चित कलाकार सांगे सेल्ट्रिमले फिल्म ‘ऐरी’मा काम गर्ने भएका छन्। सांगे र निर्देशक जीवन थापाबीच बुधबार कागजी संझौता भएको छ। सम्झौताका लागि सांगे केही दिन अगाडि नेपाल आएका थिए। फिल्ममा सांगेको भूमिकाबारे अहिले निर्माणपक्षले केही पनि खुलाएको छैन।

बलिउड र नेपाली फिल्म मेकरको पनि सहकार्य हुने भएकाले आफू यो फिल्ममा काम गर्न उत्साहित भएको सांगेले बताएका छन्। सांगेले नेपाल र भुटानको सम्बन्ध अझै राम्रो र सुमधुर बनाउन पनि फिल्म साइन गरेको बताएका छन्।

अहिले फिल्मको प्रि-प्रोडक्शनको काम चलिरहेको छ । फिल्मलाई नेपाली, हिन्दी र दक्षिण भारतीय भाषामा पनि डब गरिने निर्माणपक्षले जानकारी दिएका छन्। फिल्ममा सुवास काले, प्रशान्त कुमार गुप्ता र राजन कुँवरको  निर्माण रहनेछ ।

यो फिल्मका लागि  प्रदीप खड्काले निकै मिहिनेत पनि गरिरहेका छन्। निर्माणपक्षले अरु कलाकारहरूलाई पनि अनुबन्धित गर्ने कामलाई अगाडि बढाएको बताए।

एनाउन्समेन्ट टिजर

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *