“खजुरे ब्रो” को रोमान्टिक गीतमा रेयर को ड्रिम गर्ल नीति शाह।

बैशाख २८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘खजुरे ब्रो’ को “मैले फकाएर मात्र” बोलको गीत सार्वजनिक भएको छ। रेयर र नीति अभिनित गीतमा अनमोल गुरुङको शब्द,संगीत र स्वर रहेको छ भने रिकेश गुरुङको संगीत संयोजन रहेको छ।

सुरज सुनुवारको निर्देशनमा बनेको फिल्ममा रेयर र नीति सँगै महेश त्रिपाठी, बिनिता थापा मगर, नवीन मानन्धर, मनिष राउत, पुष्कर कार्की, प्रकाश भुजेल, प्रेम सुब्बा, सुजाता राई लगायत कलाकारहरुको अभिनय रहेको छ।

नविन मानन्धर र सुरज सुनुवारको निर्माण रहेको फिल्ममा सुनिल श्रेष्ठ, अनिल मानन्धर र पिकेश मानन्धर सह–निर्माता रहेका छन्। फिल्मलाई शिशिर विशंखेले छायांकन गरेका छन्। फिल्ममा मित्र डी गुरुङको सम्पादन, अनमोल गुरुङको संगीत समावेश छ।

गीत सुन्नुहोस्

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *