जेठको २५ गतेबाट रिलिजमा आउन लागेको फिल्म “ गाउँ आएको बाटो” को टिजर सार्वजनिक भएको छ।
टिजरमा गाउँमा गाडी आएपछिको खुशीलाई समेटिएको छ । विभिन्न फेस्टिभलहरुमा सहभागिता जनाएर अवार्ड पाएको यो फिल्मलाई नबिन सुब्बाले निर्देशन गरेका हुन् । फिल्म अमोद राई र नबिन सुब्बाले निर्माण गरेका छन्।

यो फिल्मले धरानको विकट गाउँमा गाडी आएपछि बुवा र छोराको सम्बन्धमा हुने परिस्थितिलाई देखाएको छ।
फिल्ममा सञ्जु राई, देवराज राई, नारहाङ राई, भीम राई कार्यकारी निर्माता रहेका छन्। महेश राइको कथा रहेको फिल्ममा नबिन सुब्बा र महेशको पटकथा रहेको छ। जोस हेरुमको छायांकन रहेको यो फिल्ममा क्वान पुन लेङ्गको सम्पादन सँगै हेइडी लिको संगीत रहेको छ।
फिल्ममा दयाहाङ राई, पशुपति राई, प्रसना राई, प्रेम सुब्बा, केशव राई, राज थापा, सुमित्रा राई लगायतका कलाकारले अभिनय गरेको छ।