चलचित्र”सतिदेवी” को प्रदर्शन मिति घोषणा।

चलचित्र ‘सतीदेवी’ को प्रदर्शन मिति घोषणा गरिएको छ। ‘सतीदेवी’ साउन ४ गतेबाट देशब्यापी प्रदर्शनमा आउने भएको छ। दिलाशा क्रियसन तथा गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा निर्माण भएको चलचित्रले नारीको कथालाई निकै गम्भीरताको साथ प्रस्तुत गरेको निर्माण पक्षले बताएका छन्।

लेखक तथा निर्देशक लक्षमण सुवेदी निर्देशित चलचीत्रमा मालिका महत, भोला राज सापकोटा, रमेश बुढाथोकी, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी सृजना अधिकारी, मनीषा सापकोटा, सुजिता शिवाकोटी,तुलसी श्रेष्ठ,इश्वरी सिंह,संदेश लिम्बु,पवन केसी,जगदीश अधिकारी लगायतको अभिनय रहेको छ।

बाबु श्रेष्ठको छायांकन रहेको चलचित्रमा दीपक शर्मा र सुवास भुसालको संगीत छ, भने रामजी लामिछानेको कोरियोग्राफी रहेको छ। 

चलचित्रले केही समय अगाडी सम्पन्न नेपाल ग्रामीण चलचित्र महोत्सवमा सर्वोत्कृष्ट पटकथा,सर्वोत्कृष्ट चलचित्र र अभिनेत्रीले जुरी अवार्ड जित्न सफल भएको थियो। 

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *