EFA Admission Open

करिनाले छाडिन् ‘यश’ को ‘टोक्सिक’।

 यश स्टारर दक्षिण भारतीय फिल्म ‘टक्सिक’बाट कन्नड फिल्ममा डेब्यु गर्न लागेकी अभिनेत्री ‘करिना कपूर’ले व्यस्तताको कारण देखाउँदै फिल्म छाडिन्। अब उनको ठाउँमा साउथ अभिनेत्री ‘नयनतारा’ ले अभिनय गर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

भारतीय मिडियाका अनुसार निर्देशक ‘गीतु मोहनदास’ र ‘यश’ ले नयनतारा संग पटक पटक फिल्मका बारेमा भेटेका छन्। फिल्ममा यशकी बहिनीको क्यारेक्टरको पटकथा राम्रोसँग बनाइएको छ । 

 बलियो भूमिकाले नयनताराको छविसँग राम्रोसँग मेल खाने बताइएको छ । स्क्रिप्ट पढेपछि गीतु मोहनदासले यति बलियो चरित्र निर्माण गरेकोमा नयनतारा खुसी छिन्। करिनाले पनि यो फिल्ममा यशकी बहिनीको भूमिका निर्वाह गर्ने जनाइएको थियो।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *