सलमान खानको नयाँ फिल्म “सिकन्दर” मा साउथ अभिनेत्री रशमिका मन्दना फाइनल भएकी छन्। ईद २०२५ मा प्रदर्शनमा आउने “सिकन्दर” लाई साउथ कै निर्देशक “एआर मुरुगादाश”ले निर्देशन गर्दै छन्।
केही समय अगाडी निर्माता साजिद नाडीयाडवालाले आफ्नो सामाजिक सञ्जालमा फिल्मको नाम सार्वजनीक गरेका थिए। रशमीका सँगै सलमान खान, एआर मुरुगादाश र साजिद नाडीयाडवालाको फोटो राख्दै ‘नाडीयाडवाला ग्र्याण्डसन् इन्टरटेन्मेन्ट’ को सामाजिक सञ्जाल इंस्टग्राम मा रश्मिका लाई सलमानको अपोजिट कास्ट गरेका छन्।
फिल्मको शूटिंग केही दिन अगाडी सुरु भैसकेको भारतीय संचार माध्यमले जानकारी दिएका छन्।