आजबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘खजुरे ब्रो’लाई नेपालका हलहरुले कम शो दिएका छन्। सुरज सुनुवारको निर्देशनमा तयार भएको फिल्मले धेरैजसो हलमा एक शो मात्र पाएको छ। नेपालगञ्जको क्यूएफएक्स हलले २ शो दिनु बाहेक अरु हलहरुले एक शोमा सीमित राखेका छन्।
फिल्मको काठमाडौं र धरानमा प्रिमियर समेत आयोजना भइसकेको छ । प्रिमियरमा फिल्मले कथावस्तु र कमेडी राम्रो भएको प्रतिक्रिया पाएको छ।
फिल्म हेर्ने दर्शकबाट बलियो वर्ड अफ माउथको आवश्यक छ । वर्ड अफ माउथ राम्रो आएमा मात्र फिल्मको शो बड्ने सम्भावना छ।
फिल्ममा रेअर राई, महेश त्रिपाठी,नीति शाह ,नबिन मानन्धर लगायतका कलाकारको अभिनय छ। नीतिको यो डेब्यू फिल्म पनि रहेको छ।