प्रदिप खड्का अभिनित चलचित्र ‘ एक्टर’ को पोखरा स्थित बिन्ध्यवासिनी मन्दिरमा पुजा गर्दै छायांकन सुरु भएको निर्माण पक्षले बताएका छन्। फिल्मको शुभ मुहुर्तमा प्रदिप खड्का र यहि फिल्मबाट डेब्यु गर्न लागेकी दिव्या रायमाझीको उपस्तिथी थियो।
राजन भुसालको निर्देशनमा बन्न लागेको फिल्ममा प्रदिप र दिव्या संगै राजबल्लभ कोइराला, आना शर्मा , दिव्य देव र सुशील सिटौला लगायत कलाकारहरुको अभिनय रहेको छ। अहत फिल्म्स र मोती फिल्म्सको प्रस्तुतिमा बन्ने यो फिल्मको छायांकन नरेन्द्र मैनालीले गर्ने छन्।

फिल्मको छायांकन पोखरा १० गरिने र काठमाण्डौमा भने १ महिना गरिने निर्माण पक्षले जानकारी दिएका छन्। फिल्मको प्रदर्शन मिति भने कार्तिक १५ गते लक्ष्मी पुजाको दिन तोकिएको छ।