रमेश तुर्रानी ‘ रेश ४ ‘ बनाउदै। सलमान र सैफ अलि खान संगै ?

हिन्दि सिनेमाको चर्चित र सुपरहिट फिल्म फ़्रेन्चाइज ‘रेस’ को छौथो भाग “रेस ४” बन्ने भएको छ। रेस फिल्मको पहिलो भाग सन् २००८ मा बनेको थियो जसमा सैफ अलि खान, अक्षय खन्ना, अनिल कपूर, कट्रिना कैफ, बिपासा बाशु लगायत कलाकारहरुको अभिनय रहेको छ। फिल्मलाई निर्देशक जोडी ‘अब्बास मस्तान’ ले निर्देशन गरेका थिए भने किरन कोट्रिआल र शिराज अहमदले लेखेका थिए। बक्सअफिसमा पनि सुपरहिट भएको थियो।

पहिलो रेस फिल्मले बक्स अफिसमा राम्रो पैसा कमाएपछि  सन् २०१३ मा रेस २ बनेको हो। यो फिल्मलाई पनि अब्बास मस्तानले नै निर्देशन गरेका हुन्। फिल्मको लेखनमा पनि किरन कोट्रिआल र शिराज अहमद नै थिए। रमेश तुर्रानीको निर्माण कम्पनी टिप्स इन्डस्ट्रिजको निर्माणमा बनेको फिल्ममा सैफ अलि खान संगै जोन अब्राहीम, दीपिका पादुकोण, ज्य्याक्लिन, अनिल कपूर लग्यात कलाकारहरुको अभिनय रहेको छ।

रेस २ बनेको ५ बर्ष पछि भारतीय सुपर स्टार “सलमान खान” लाइ लिएर रमेश तुर्रानिले रेस ३ बनाए।  त्यो समयमा बक्स अफिसमा सलमान खान को क्रेज देखेर मेकरहरुले पुराना निर्देशक र कलाकार सबैलाई हाटाएर नया निर्देशक  संग काम गरे। डान्स कोरियोग्राफर रिमो डिसुजाले रेस ३ लाइ निर्देशन गरेका थिए। सलमान संगै बबी देवल, अनिल कपूर, डेजी शाह, ज्याक्लिन, साकिब सलिम लगायत कलाकारहरुको अभिनय रहेको थियो।  फिल्म बक्स अफ्फिस्मा ठिकै रहेको थियो र  कथाबस्तु फितलो हुदा निकै ट्रल पनि  भएको थियो। 

अब फेरी निर्माण पक्षले रेस ४ बनाउने तयारीमा रहेको जानकारी दिएका छन्। निर्माता रमेश तुर्रानिले केहि दिन अगाडी भारतीय कमेडियन जोडी भारती र हर्षको पोडकास्टमा यो बर्षको दोस्रो फिल्म रेस ४ बनाउने भनेर जानकारी दिएका छन्।  फिल्मको निर्देशक र कलाकार भने अझै फाइनल नभएको देखिएको छ।  को होलान त रेस ४ मा सलमान खान या सैफ अलि खान भन्ने बारेमा फ़्यानहरु बीच सामाजिक संजालमा  राम्रो चर्चा भैरहेको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *