सर्लाहीमा छायांकन भैरहेको फिल्म ‘रावायण’ का तिन ओटा गीतलाई मुम्बईमा रेकर्ड गरिएको छ। फिल्मको शिर्ष गीत र आइटम गीत रेकर्ड गरिएको हो। शिर्ष गीतमा नकाश अजिजको स्वर छ भने रोमान्टिक गीतमा कुनाल गान्जावालाको स्वर रहेको छ। फिल्मको आइटम गीतमा सोनु कक्करको स्वर रहेको निर्माण पक्षले जानकारी दिएका छन्।
फिल्मको निर्माण पक्षले संगीत र अरु पोस्ट प्रोडक्सनको काम भारतमै गरेको बताएका छन्। भारतीय गायकहरुको स्वर रहेका तिनवटै गीतमा भारतीय संगीतकार रेवन सिंह र निरज सिंहको संगीत रहेको छ।

फिल्ममा पल शाह, पुजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकिता चाणदक्, कैलाश रावल, प्रकाश शाह, अर्जुन जुङ्ग शाही, शर्मिला मल्ल, प्रदिप ढकाल लगायत कलाकारहरुको अभिनय रहेको छ। फिल्मको प्रदर्शन मिति आगामी भाद्र २१ गतेलाई तय गरिएको छ।