जेठ १० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पुजार सार्की’ को ‘जाउ माया’ बोलको गीत सार्बजनिक भएको छ। सुभाष भुसालको संगीत रहेको यो गीतमा बि पाण्डेको शब्द रहेको छ भने केतन क्षेत्रीको स्वर रहेको छ।
दिनेश राउतको निर्देशनमा बनेको फिल्ममा विकास सुबेदीको लेखन, सुभाष भुसालको लगानी रहेको छ। आर्यन सिग्देल, पल शाह, प्रदिप खड्का, अन्जना बराइली, परीक्षा लिम्बु लगायत कलाकारहरुको अभिनय रहेको फिल्ममा राजेश श्रेष्ठको छायांकन र भरत रेग्मीको सम्पादन रहेको छ।