भारतको सबै भन्दा महँगो फिल्म ‘रामायण’।

बलिवुडका  नेसनल अवार्ड बिजेता निर्देशक ‘नितेश तिवारी’ को फिल्म “रामायण” निकै चर्चामा रहेको छ। धेरै समयको हल्ला अनि चर्चापछि केहि समय अगाडी देखि फिल्मको छायांकन सुरु भएको भारतीय संचार माध्यमले जनाएका छन्।

रणवीर कपूर अभिनित यो फिल्मको बजेट अहिलेसम्मकै महँगो भारतीय फिल्म भएको छ। ‘रामायण’ को बजेट लगभग ८३५ करोड भारु तय गरिएको छ। ‘रामायण लाइ मेगा बजेट बनाउनुको  उद्देस्य, भारतीय सिनेमालाई विश्व स्तरमा लैजाने हो’ भारतीय संचार माध्यमले जनाएका छन्। 

यो फिल्ममा ‘केजीएफ’ स्टार यश रावणको भूमिकामा देखिने छन् भने साई पल्लवी सीताको भूमिका देखिने छिन।  फिल्मको लागि रणवीर कपूर पूर्ण  शाकाहारी पनि बनेको दाबी गरिएको छ।  

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *