नेटफ्लिक्स स्टार जेमी बेकनले आगामी साइन्स फिक्सन नेपाली फिल्म ‘एक्लो’मा अभिनेता प्रदीप खड्कासँग सहकार्य गर्ने भएका छन्।
हलिउड म्यागजिन डेडलाइनले प्रदीप शाहीले निर्देशन गर्ने आगामी फिल्ममा बेकन अनुबन्धित भएको उल्लेख गरेको छ ।
बेकन नेटफ्ल्क्सि श्रृंखला ‘व्हाइट लाइन्स’मा शीर्ष भूमिका र स्टीवन कुकसनको फिचर फिल्म ‘ब्राइटन’मा सहायक भूमिकाका लागि परिचित छन् ।
उनी ‘द होर्डर’ र बीबीसी ड्रामा ‘फादर ब्राउन’मा पनि देखा परेका छन् । साथै उनी, नेटवर्कको शो ‘मिस्टर लभरम्यान’मा देखा पर्नेछन् जुन अर्को महिना ट्राइबेकमा डेब्यु हुनेछ ।