कार्तिक आर्यन को ‘चन्दु च्याम्पियन’को ट्रेलर सार्वजनिक।

कार्तिक आर्यन अभिनित भारतीय फिल्म ‘चन्दु च्याम्पियन’को ट्रेलर सार्वजनिक भएको छ। ३ मिनेट १५ सेकेन्ड लामो ट्रेलरमा एक्सन र युद्धको भरपुर दृश्य देख्न पाइन्छ।

फिल्मलाई ब्लक बस्टर फिल्म ‘बजरंगी भाइजान’ का निर्देशक “कबीर खान” ले निर्देशन गरेका छन् । ‘चन्दु च्याम्पियन’ १४ जुन २०२४ मा हलमा रिलिज हुँदैछ।

सैनिक सिपाही मुरलीकान्त पेटकरको भूमिकामा कार्तिक पूर्णरूपमा फिट देखिन्छन्। फिल्मको कथा मुरलीकान्त पेटकरको जीवनमा आधारित छ।

मुरलीकान्त पेटकर स्वर्ण पदक विजेता हुन्, जसले सन् १९७० को राष्ट्रमण्डल खेल र सन् १९७२ मा जर्मनीमा आयोजित पारालम्पिकमा देशको गौरव बढाएका थिए । 

ट्रेलर हेर्नुहोस

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *