साइग्रेस पोख्रेलको अडियो नोबेल ‘अधुरो प्रेम’ मा फिल्म बन्ने भएको छ। राष्ट्रिय सभागृहमा आयोजित ‘वर्ड टुर विथ साइग्रेस’ को ६०औँ शृङ्खलामा साइग्रेसले फिल्मको घोषणा गरेका हुन्। कोरियोग्राफर शिशिर खातीले यो फिल्मको निर्देशनमा डेब्यु गर्नेछन्।

प्लानेट थ्री फिल्म्सको प्रस्तुतिमा बन्न लागेको फिल्मको कार्यकारी निर्मातामा अर्जुन सुवेदी रहनेछन्। अडियो नोबेल ‘अधुरो प्रेम’ को नाममा बन्ने फिल्म २०८२ मा प्रदर्शन गर्ने निर्माण टिमको तयारी रहेको छ।