मेयर बालेन्द्र शाह ‘कान्स फिल्म फेस्टिभल’मा सहभागी ।

काठमाडौं महानगरका मेयर बालेन्द्र शाह ‘कान्स फिल्म फेस्टिभल’मा सहभागी भएर काठमाडौं फर्केका छन्।  चर्चित फिल्म निर्देशक “फ्रान्सिस फोर्ड कोपोला”द्वारा निर्देशित ‘मेगलापोलिस’को प्रिमियर  मा फिल्म हेर्दै रेड कार्पेटमा हिँडेका “बालेन”  मंगलबार काठमाण्डौ फर्केका हुन् ।

मेयर डेभिड लिसनार्डको निमन्त्रणामा मेयरसँगै व्यवस्थापन सल्लाहकार कुमार व्यञ्जनकार, पूर्वाधार सल्लाहकार सुनिल लम्साल जेठ १ मा फ्रान्स उडेका थिए । साइन्स फिक्सन विधाको यो फिल्ममा मेयरकै कथा जोडिएको छ।

काठमाडौं महानगरले यो वर्ष ‘युनेस्को’को क्रियटिभ फिल्म सिटी  को मान्यता प्राप्त गरेको छ। युनेस्कोले यही मान्यता पाएको कान्सले मेयर बालेन लाई फिल्म फेस्टिभलमा सहभागी हुन निम्तो दिएको थियो । युनेस्कोले मान्यता दिएको कान्स पनि फिल्मको रचनात्मक सहरमा पर्छ।

कान्सको अनुभवले यस किसिमको फिल्म फेस्टिभल काठमाण्डौमै आयोजना गर्न सकिने सम्भावना र सिकाइ मेयर शाहले बटुलेका छन् । व्यवस्थापन सल्लाहकार व्यञ्जनकारका अनुसार अब काठमाडौं महानगर छुट्टै ‘फिल्म फेस्टिभल’ आयोजना गर्ने रहेको छ । चलचित्र विकास बोर्डजस्तै ‘काठमाडौं फिल्म बोर्ड’ बनाउने तयारीमा रहेको जानकारी दिएका छन। 

फेस्टिभलमार्फत नेपाली फिल्मलाई कसरी जोड्ने, अन्तर्राष्ट्रिय स्तरमा उनीहरूलाई पुर्‍याउने भन्नेमा जोड दिइने पनि बताएका छन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *