आईपीएलको क्रममा हिट-स्ट्रोक भएपछि बलिउड अभिनेता शाहरुख खान अहिले डिस चार्ज भैसकेको उनकी म्यानेजर पूजा डडलानीले जानकारी दिएकी छन्।

गर्मीको कारण शरीरमा तरल पदार्थको कमी भएपछि उनलाई बुधबार बेलुका अस्पताल भर्ना गरिएको थियो।
शाहरुखलाई बुधबार मल्टिस्पेसालिटी केडी अस्पतालमा भर्ना गरिएको थियो । उनी मंगलबार नरेन्द्र मोदी स्टेडियममा कोलकाता नाइट राइडर्स टोलीको खेलमा सहभागी हुन अहमदाबाद पुगेका थिए।