एभरेष्ट फिल्म एकेडेमीका विद्यार्थीहरूले बनाएको नेपाली एक्सन फिल्म “आउट ल ” को प्रदर्शन मिति घोषणा।

एभरेष्ट फिल्म एकेडेमीका विद्यार्थीहरूले बनाएको नेपाली एक्सन फिल्म “आउट ल दफा-२११” को प्रदर्शन मिति तय भएको छ। आउँदो असोज महिनाको ०३ गते संविधान दिवसको अवसर पारेर प्रदर्शन मिति घोषणा गरिएको छ।

स्याडो पिक्चर्स र रेट्रो फिल्मस्को प्रस्तुतिमा तयार भएको फिल्मको फर्स्टलुकमा अभिनेता सुशिल श्रेष्ठलाई ‘एंग्री योङ म्यान’को अवतारमा प्रस्तुत गरिएको देख्न सकिन्छ।

बिकी महर्जनको लेखन तथा निर्देशन रहेको यो फिल्ममा नविन गुरुङको छायांकन र साहिल खानको सम्पादन रहेको छ भने फिल्मलाई अमित अग्रहरीले निर्माण गरेका हुन्। विनोद कडायत र सशांक खड्का कार्यकारी निर्माता रहेको फिल्ममा विकास चौधरी सह-निर्माताको रूपमा छन्।

फिल्ममा सुशिल श्रेष्ठका साथै नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डारी, आयान परियार, हेम गुरुङ, सोनी लागुन लगायत कलाकारहरूको अभिनय रहेको छ।

टीजर हेर्नुहोस

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *