‘छक्कापञ्जा ५’ को पूजाआजासहित विहीबार भक्तपुरको सूर्यविनायक मन्दिरबाट छायांकन सुरु भएको छ। फिल्मको औपचारिक सुटिङ भने शुक्रबारदेखि सुरु हुनेछ। निर्देशक दीपाश्री निरौलाका अनुसार ४५ दिनसम्म काठमाडौं र पोखरा आसपासमा छायांकन हुनेछ ।
फिल्मको शीर्ष भूमिकामा दीपकराज गिरी र वर्षा सिवाकोटीले जोडी बाँध्दैछन्। बिहीवार बिहान सार्वजनिक गरिएको फिल्मको टिजर पोस्टरले वर्षा र दीपकको चरित्रको मुड देखाउँछ । दीपक राजाको रुपमा छन् भने वर्षा उनको रानीको भुमिकामा।
फिल्मका अन्य कलाकारबारे सार्वजनिक गरिएको छैन । काभ्रेको पाँचखाल क्षेत्र, पनौति, पोखरा आसपासमा ४५ दिनसम्म फिल्मको छायांकन हुनेछ ।