छायांकनको तयारीमा रहेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ मा अभिनेत्री अञ्जना बराइली अनुबन्धित भएकी छन्।
सेभेन सिजको प्रस्तुतिमा बन्न लागेको फिल्ममा कलाकार थपिने क्रम जारी छ। यसअघि फिल्ममा गायक तथा कलाकार प्रकाश सपूत, मुकुन भुसाल विनोद न्यौपाने, भोलाराज सापकोटा र देशभक्त खनाल अनुबन्धित भइसकेका छन्।
मौलिक कथामा बन्ने फिल्ममा विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहनेछ। फिल्मको कार्यकारी निर्माता रमेश चौलागाईं र हरि श्रेष्ठ हुन्।
फिल्मको लेखन तथा निर्देशन सरोज पौडेलको रहेको छ। फिल्ममा मौलिक कथा प्रस्तुत गरिने निर्माण टिमको दाबी छ। फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद रहनेछ।