काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव को २१ औं संस्करण बुधबारदेखि सभागृह र नेपाल पर्यटन बोर्डमा सुरु भएको छ। अमेरिकी दूतावासका प्रवक्ता जेहरा नक्भीले ‘क्यामेरा पछाडि महिलाः चलचित्र प्रदर्शन र सत्रको छलफल’ मा महिला कथाकार र विभिन्न दृष्टिकोणबाट सुनाइएका कथाहरूको महत्वबारे टिप्पणी गरिन् ।
कार्यक्रममा नेपाली महिला निर्देशकहरूद्वारा निर्मित तीनवटा लघु चलचित्रहरूः विदुषी गिरीको ‘चिसो घर’, सरिता शाहको ‘थ्रेसहोल्ड’ र आकांक्षा कार्कीको ‘सनाइ’ देखाइएको थियो । त्यसपछि उनीहरूले काम गरेको, अनुभव, चुनौती र सफलताबारे छलफल गरिएको थियो।
काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव महोत्सव असार २ गतेसम्म चल्नेछ ।