रुसी नाटककार एन्टोन चेखवद्वारा लिखित, रंगकर्मी चे शंकरबाट नेपालीमा अनुवाद गरिएको नाटक ‘म्यारिज प्रोपोजल’ काठमाडौंको थापागाउँस्थित कुञ्ज थिएटरमा मञ्चन हुँदैछ ।
सङ्गीत सापकोटा र आशिष घिमिरेले संयुक्त रुपमा निर्देशन गरेको यो नाटक जेठ १० देखि २७ सम्म मञ्चन हुने जनाइएको छ।
कमेडी जनरामा लेखिएको नाटकलाई मुख्य ४ कलाकारको अभिनय देख्न सकिन्छ । विजया कार्की, डोरेस खतिवडा, चन्द्र नेपाली र सुन्दर धिताल नाटकमा देखिएका कलाकारहरू हुन्।
चेखवले सन् १८२० मा लेखेको नाटकलाई नेपालीमा अनुवाद गर्दा यसका पात्र र कथावस्तु काल्पनिक बनाइएको निर्देशक संगीत सापकोटाले बताए ।
कलासी प्रोडक्सनले कर्मन कलासँगको सहकार्यमा तयार पारेको यो नाटक यसअघि सन् २०१८ मा मण्डला थिएटरमा मञ्चन गरिएको थियो।