गाउँ आएको बाटो” को नेपाल प्रिमियरमा सहभागी हुन संगीतकार ‘हाइडी ली’ काठमाण्डौ आइपुगेकी छन्।

प्रदर्शनको तयारीमा रहेको फिल्म “गाउ आएको बाटो” को नेपाल प्रिमियरमा सहभागी हुन संगीतकार ‘हाइडी ली’ काठमाण्डौ आइपुगेकी छन्। ली इटालीबात सोमबार नेपाल आइपुगेको निर्माण पक्ष्यले जानकारी दिएका छन्। 

यो फिल्ममा लीले ३० ओटा सांगीतिक टुक्रामा संगीत दिएको निर्माण पक्ष्य्ले जानकारी दिएका छन्।  फिल्मको शिर्ष गीत ‘आलाङने’ मा पनि लीकै कम्पोजमा बनेको हो। 

‘हाइडी ली’ को यो दोस्रो नेपाल भ्रमण हो। यसघि गीतको रेकर्डीङ्गको लागि नेपाल आएकी थिइन्। निर्माण पक्ष्यका अनुसार बुधबार बिग मूभिजमा हुने प्रिमियर राइ सस्कृतिको थिममा हुने भएको छ। 

ट्रेलर

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *