शीतल कादम्बिनी र चेतमान गुरुङको संयुक्त प्रस्तुति रहेको गजल गीत ‘काँच’ सार्वजनिक भएको छ । आर्ट घरको सहकार्य रहेको उक्त गजल भिडियोलाई भीष्म जोशीले पटकथा एवं निर्देशन गरेका हुन् । निर्देशक जोशीले यसअघि ‘समय र उमेर’ नामक म्युजिकल फिल्म बनाइसकेका छन् ।
यस भिडियोमा काँच र सम्बन्ध दुबै नाजुक नै हुन्छन् । दुबै चीजमा केवल एउटा मात्रै फरक हुन्छ ।काँच गल्तीले टुक्रिन्छ भने सम्बन्ध असमझदारीको कारणले गर्दा टुट्छ ।
बर्षौ देखि संगीतमा साधना गरिरहेको व्यक्ति सफल हुन जीवनसाथी वा सहकर्मीको भूमिका कस्तो रहन्छ भनेर भिडियोमा देखाइएको छ ।
शीतल कादम्बिनीको शब्द रहेको उक्त गजलमा चर्चित गायक राज सिग्देलले आवाज दिएका छन् । चेतमान गुरुङको संगीत रहेको छ भने संगीत संयोजक बलराम राजवंशी हुन् ।
आयान परियारको सह-निर्देशन रहेको यस गीतमा घनु जोशी, अनामिका लामिछाने, र शकुन्तला शाह (शकु) को अभिनय रहेको छ।
महेश पौडेलको छायांकन रहेको यस गीतमा मदन घिमिरेले सम्पादन गरेका हुन् ।
भिडियोको परिकल्पना सरोज खड्काले गरेका हुन् । त्यस्तै ,निर्माण नियन्त्रक सन्तोष बिष्ट हुन भने रंग संयोजकको काम धीरज अधिकारीले गरेका छन् । भिडियो music nepal को युटुब च्यानलमा हेर्न सकिन्छ।