दिनेश राउत निर्देशित सोसल-ड्रामा फिल्म ‘प्रकाश’ ओटीटीमा रिलिज भएको छ। प्रदीप खड्का र दीया मास्केको प्रमुख भूमिका रहेको यो फिल्मले जुम्लाको विपन्न युवकले सरकारी शिक्षकको जागिर पाउन गरेको संघर्षको कथामा फिल्म बनेको छ ।
फिल्ममा रेणु योगी, प्रकाश घिमिरे लगायत कलाकारहरुको अभिनय रहेको छ। भिडियो पसल ओटीटीमा यसअघि ‘एक भगवत् एक गीता’, ‘ऐंचो पैंचो’, ’छक्कापञ्जा ४’, ’झिङ्गेदाउ’, ‘मन्त्र’, ‘लाखे’ लगायतका फिल्म स्ट्रिमिङ भरहेका छन् । कथानकसँगै छोटा फिल्म पनि उपलब्ध रहेको जनाइएको छ ।