‘गाउँ आएको बाटो’ र ‘लन्डन टू पेरिस’ टिकेट बुकिङ खुल्ला।

भोलि शुक्रबार  देखि प्रदर्शनमा आउन दुई फिल्म ‘गाउँ आएको बाटो’ र ‘लण्डन टु पेरिस’ को टिकट बुकिङ खुलिसकेको छ। नवीन सुब्बाको निर्देशनमा बनेको फिल्म ‘गाउँ आएको बाटो’ मा राई समुदायको कथा हेर्न सकिन्छ।

क्यूएफएक्सले ‘गाउँ आएको बाटो’ लाई देशैभर ३८ सो दिएको छ।आईएनआईले नौ सो दिएको छ भने एफक्युब, बिएसआर, बिग मुभिजले ३/३ सो दिएको छ। फिल्ममा दयाहाङ राई, पशुपति राई र प्रसान राई मुख्य भूमिकामा छन्। 

घनश्याम लामिछानेको निर्देशनमा बनेको ‘लन्डन टू पेरिस’मा साम्राज्ञी राज्यलक्ष्मी शाह, निश्चल खड्का, कवीर खड्का र गरिमा शर्मा, रुष्मा थापा, मनिश श्रेष्ठ मुख्य भूमिकामा छन्।

‘लण्डन टु पेरिस’ लाई क्यूएफएक्सले २९ सो दिएको छ। आईएनआईले ३ सो, वान् सिनेमाज्, एफएक्युब, बिएसआर, बिग मुभिजले २/२ सो दिएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *